
चितवन । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
बुधबार बिहान भरतपुर महानगरपालिका १० बाईपास रोडमा ट्रकले ठक्कर दिँदा भरतपुर महानगरपालिका १२ कस्तुरी टोलका ७६ वर्षिय बसन्तबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा जिल्ला सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको हो । बिहान ना ६ ख ४९२७ नम्बरको ट्रकले बाटोमा हिँडिरहेका लिम्बुलाई ठक्कर दिएको थियो ।
लिम्बुलाई ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend