
तनहुँ । पहिराेले अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्ड पुनः सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका-४ थर्पुमा लेदो माटो खसेर बुधबार बिहानदेखि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।
सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend