आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

सभापतिमा समर्थन खोज्दै विमलेन्द्र निधि रामचन्द्र पाैडेलको निवासमा

सभापतिमा समर्थन खोज्दै विमलेन्द्र निधि रामचन्द्र पाैडेलको निवासमा

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । निधिले बुधवार कांग्रेस बरिष्ठ नेता पौडेलसँग बोहोराटारस्थित निवासमा पुगेर महाधिवेशनको विषयमा छलफल गरेका हुन् । 

पौडेललाई भेटेर निधिले आफू सभापतिमा उठ्न लागेको भन्दै सहयोग माग गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा उठ्ने घोषणा गरेका निधिले पछिल्लो दिनमा नेताहरूसँगको भेटवार्ता तीब्र बनाएका छन् । 

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend