आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय

एमाले महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय

काठमाडाैं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काउनुपर्ने माधव नेपाल पक्षको माग सम्बोधनका लागि भन्दै एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेको हो । महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही समेत स्वत: निष्क्रिय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

मंगलबारकाे बैठकले पार्टीको स्थायी कमिटीमा ८ जना थप गर्ने निर्णय समेत गरेको छ । महाधिवेशन आयोजक कमिटी बैठकका निर्णयहरूलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने प्रवक्ता ज्ञवालीले बताए ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend