
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।
एमाले बैठकले खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालकाे उपचार भइरहेकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend