आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

बढी भाडा लिए ‘१००’ वा ‘१०३’ नम्बरमा उजुरी गर्न सकिने

बढी भाडा लिए ‘१००’ वा ‘१०३’ नम्बरमा उजुरी गर्न सकिने

काठमाडौं । ट्राफिक प्रहरीले कसैले बढी भाडा लिए जानकारी गराउन अनुराेध गरेकाे छ । महानगरीय ट्राफिक महाशाखाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले निषेधाज्ञापछि उपत्यकाबाहिर जानेसँग तेब्बर बढीसम्म भाडा लिएकाे पाइएकाे बताए । उनले बढी भाडा लिनेलाइ कारवाही गर्ने भन्दै जानकारी गराउन अनुराेध गरे । 

बढी भाडा लिएकाे पाइए प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत उनले अनुरोध गरे । सार्वजनिक सवारी साधन चल्न थालेकाले अनुगमन सुरु गरेकाे जानकारी दिए । 

निषेधाज्ञाकाे समयमा यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका ८ जनालाई ट्राफिक प्रहरीले काठमाडाै‌बाट पक्राउ गरेको महाशाखाले जानकारी दिएकाे छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पछि उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढीसम्म भाडा लिएको आरोपमा ६१ जना काउण्टरका कर्मचारीलाई पनि पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

यस्तै महाशाखाले भाडा लिएर उपत्यकाबाट यात्रु ओसारेको आरोपमा ४७ वटा निजी नम्बरका गाडी चालकलाई कारबाही गरेको छ । त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ । 

बोलेरो, स्कार्पियो लगायतका निजी गाडीले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको उनको भनाइ छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend