आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

काठमाडौं । आफूलाई अभियन्ता बताउँदै आएकी ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो । 

संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरीको दाबी छ । यस्तै, उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend