
काठमाडाैं । जातीय कारणले कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानले रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजूरी दिएकी छन् । प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै सुनारविरुद्ध उजुरी दिएकी हुन् ।
रुपा सुनारलाई जातीय विभेद गरेर कोठा नदिएको आरोपमा प्रधान यसअघि पक्राउसमेत परेकी थिइन् । सुनारलाई कोठाको आवश्यकता नभए पनि आपराधिक कार्य गर्नकै लागि कोठा खोज्न आएर बाहनावाजी गरेको प्रधानले उजूरीमा उल्लेख गरेकी छन् ।
‘मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको’ प्रधानले दिएको उजूरीमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend