
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले सुख सुविधा नपाएकाे बताएका छन् । उनले कोरोनाको खोप उपचार पाउन नसकेर नेपालीहरु निरास रहेको र देशमा प्राकृतिक विपद्को वेदना पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।
बुधबार एक विज्ञप्ति जारी गरी शाहले कोरोना महामारीका कारण आफ्नो ७४ औँ जन्मदिन उत्सवका रुपमा नमनाउने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘जनजीवन दुःखद् रहेको र जनतामा पैदा भएको निराशा तथा भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेका छौँ ।’
पूर्वराजाले विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने, तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’
पूर्वराजा शाहले यसै वर्षको प्रारम्भिक चरणमा आफूहरु अस्वस्थ रहेको र सहयोगी स्वास्थ्यकर्मीको कर्तव्यपूर्वक उपचार र शुभेच्छुकहरूको शुभकामना र याचनाका कारण स्वास्थ्यमा सुधार आएको बताएका छन् । उनले देशी–विदेशी शुभचिन्तकबाट प्रकट हुने सद्भाव तथा शुभकामनाप्रति धन्यवाद पनि दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend