
काठमाडाैं । राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले उनीहरूलाई कारागार चलान गरेको हो ।
सुर्खेतको एक होटलमा लगेर दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दोमबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुन पक्राउ परेका थिए ।
बुधबार भएको थुनछेक बहसपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend