
काठमाडाैं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तुलसीराम पोखरेलले बुधबार रिट दायर गरेका हुन् ।
१२ असारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यालयको उद्घाटन गरेका थिए ।
डाइभर्सनले समग्र गण्डकी प्रदेश र कालीगण्डकी जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका बासिन्दालाई दीर्घकालीन रूपमा असर पर्ने भएकाले परियोजना बनाउन नहुने निवेदकले बताएका छन् । उक् परियाेजनाकाे गण्डकी प्रदेशले पनि विराेध गरिरहेकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend