
काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोग र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठबीच जातीय विभेदको घटनामा आरोपितलाई संरक्षण दिएकोबारे छलफल भएको छ ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले श्रेष्ठले नहुनुपर्ने घटना भएको र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहेको बताएका छन् ।
सञ्चारकर्मी रूपा सुनारले जातको कारण आफूलाई कोठा नदिएको भन्दै सरस्वती प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । सुनारको जाहेरीपछि प्रहरीले प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
हिरासतमा रहेकी प्रधानलाई मन्त्री श्रेष्ठसमेतको उपस्थितिमा ९ असारमा जमानतमा छुटाइएको थियो । हिरासतबाट छुटेपछि मन्त्री श्रेष्ठले झण्डावाल गाडीमा राखेर प्रधानलाई घरसम्म पुर्याइदिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend