बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

लोकमार्ग ठेकेदार कम्पनीका प्रतिनिधिमाथि ठगी गरेको आरोप

लोकमार्ग ठेकेदार कम्पनीका प्रतिनिधिमाथि ठगी गरेको आरोप

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ अन्तर्गत बागलुङ–अक्षते खण्डका ठेकेदार कम्पनीका प्रतिनिधिमाथि ठगीको आरोप लागेको छ ।

भारत कनस्ट्रक्सन र सिद्धिसाई जेभीले १३ किलोमिटर कालोपत्रे दुई वर्षमा गर्ने सम्झौता गरेकाे थियाे । ठकेदार कम्पनीका प्रतिनिधिले करिब नौ महिना अगाडि काठमाडौंका विनोद रुवालीको स्वामित्वमा रहेको ना ८ ख ९८३, ना ८ ख ९८४ र ना. ८ त ३७६३ नम्बरको ट्रिपर र ट्रयाक्टर भाडामा लिएका थिए । उक्त ट्रिपरको मासिक एक लाख ५० हजार भाडा र ट्रयाक्टरको ६५ हजार भाडाको रकम गरी करिब दश लाख रुपैयाँ आफूले लिन बाँकी रहेकाे र अहिले सिद्धिसाई जेभी कम्पनीका प्रतिनिधिले उक्त रकम आफूलाई नदिएकाे रुवालीले बताएका छन् ।

सिद्धिसाई जेभी कम्पनीका प्रतिनिधिसँग मिति २०७७ साल पौष ९ गते रुवालीले आफ्ना सामग्री दिने भनेर कागज गरेका थिए । भारत कस्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सन जेभीको तर्फबाट कम्पनीका प्रतिनिधि नवराज रावलले कागजमा हस्ताक्षर गरेका थिए । रुवालीका अनुसार सम्झौतामा उल्लेख भएनुसार पैसा तिर्ने समय अवधी एक महिना अगाडि नै पुगिसकेको छ । तर ठेकेदार कम्पनीले विभिन्न बाहाना बनाएर आफूलाई पैसा नदिएकाे रुवाली बताउँछन् ।

रुवाली भन्टछन् ‘सिद्धिसाई कन्स्ट्रक्सनसँग मेलै मेरा स्वामित्वमा रहेका दुई ट्रिपर र एक ट्रयाक्टर कागजै गरेर केहि समयका लागि भाडामा दिएको थिएँ । तर, पैसा माग्ने बेलामा हस्ताक्षर गर्ने नवराज रावल सम्पर्कमा आएका छैनन् । ठेकेदार कम्पनीका ‘एमडी’ दिपेन्द्र बहादुर शाही, सिद्धिशाही कन्स्ट्रक्सनका प्रतिनिधि नवराज रावल, सोही कम्पनीकी अर्की प्रतिनिधी यशोेधा राजभण्डारी पहिले सम्पर्क आएको र रकम दिने भनेको भए पनि अहिले सम्पर्कमा आएका छैनन् । अहिले मसँग सोही कम्पनीका अर्का प्रतिनिधि शिव लामिछाने सम्पर्कमा हुनुहन्छ, तर उहाँले पनि विभिन्न बहाना बनाएर झुक्याइरहुनु भएको छ ।’

त्यसैगरी, उपल्लाचौरमा रहेको दिपा होटलका सञ्चालक कृष्ण कार्की पनि आफ्नो होटलमा सिद्धिसाई कस्ट्रक्सनका प्रतिनिधिले २०७५ देखि खाएको खानाको पैसा अझैसम्म पनि नदिएको बताए ।

उनले भने,‘मध्यपहाडी लोकमार्गका प्रतिनिधिले २०७५ सालदेखि मेरो होटलमा खाना खाएका थिए, चिसोको समय होस या गर्मीको समय होस मैले पाहुना भनेर सत्कार गरेर राखेको थिए । तर प्रतिनिधिले मेरो होटलमा खाएको करिब २० हजार रुपैयाँ दिएका छैनन् । सम्पर्क गर्दा एकले अर्कालाई देखाउँदै पन्छने गर्छन, मेरो पैसा पनि डुबेको छ ।’ आफ्नो मात्र नभई विभिन्न ग्यारेज तथा अन्य होटलमा पनि प्रतिनिधिले यस्तै गर्ने गरेको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend