आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मौसम : देशका धेरैजसो स्थानमा भारी वर्षा, नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

मौसम : देशका धेरैजसो स्थानमा भारी वर्षा, नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय हुँदा अहिले देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यमस्तरको पानी परिरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । 

विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एकरदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षा भईरहेको छ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ ।

तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend