
काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।
बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो।
आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।
त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend