आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

नियतमा खोट छैन भने पार्टी एक गर्न अलमल गर्नु बुद्धिमानी हुँदैन : नेता कर्ण थापा

नियतमा खोट छैन भने पार्टी एक गर्न अलमल गर्नु बुद्धिमानी हुँदैन : नेता कर्ण थापा

काठमाडौं । एमाले नेता तथा पूर्व मन्त्री कर्ण बहादुर थापाले देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिन आग्रह गरेका छन् । एमाले विवादपछि अध्यक्ष केपी ओली पक्षधर रहेका थापाले नियतमा खोट छैन भने अब अलमल गर्नु बुद्धिमत्तापूर्ण नहुने बताएका छन् । बुधबार बसेको एमाले महाधिवेशन कमिटी बैठकबाट अहिलेसम्मका सबै छलफल र प्रयासहरुको निचोड निकालेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चा परिचर्चाहरु भए, छलफल र बहसहरु भए ।  थुप्रै शर्तहरु राखिए  र आधारहरु पनि तयार पारिए । हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरुको निचोड निकालेको छ । नियतमा खोट छैन भने अब अलमल गर्नु बुद्धिमत्तापूर्ण हुँदैन ।’

एमालेभित्रै स्वस्थ्यताका साथ सही मुल्य र मान्यताका लागि संघर्ष गर्ने बाटो नै जनता र पार्टीको लागि हितकर हुने उनले बताएका छन् । ‘एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मुल्य र मान्यताका लागि संघर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’ उनले भनेका छन् । 

पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काउनुपर्ने माधव नेपाल पक्षको माग सम्बोधनका लागि भन्दै एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही समेत स्वतस् निष्क्रिय भएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend