
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदनको मुद्दामा बिहीबारको सुनुवाइ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा खरेलले बहस गरिरहेका छन् ।
सरकारी वकिलले बुधबार बहस सकेपछि प्रधानमन्त्रीका पक्षबाट बहस शुरु भएको हो । बुधबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।
प्रधानमन्त्रीको तर्फबाट २३ जनाले बहस गर्नेछन् । प्रधानमन्त्रीको निजी कानुन व्यवसायीका लागि सात घण्टा समय छुट्याइएकामा बिहीबार चार घण्टा ३० मिनेट बाँकी छ ।
रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गरेका थिए ।
प्रधानमन्त्री पक्षको बहसपछि सभामुखका कानुन व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ । उक्त विवादमा ३० रिट निवेदन परेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend