आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

यी हुन् सरकारले राष्ट्रिय सभामा प्रस्तुत गर्न लागेका अध्यादेश

यी हुन् सरकारले राष्ट्रिय सभामा प्रस्तुत गर्न लागेका अध्यादेश

काठमाडाैं । बिहीबार अपराह्न ४ बजे राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बैठक बाेलाइएकाे छ । बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने तयारी गरेकाे छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार बिहीबार संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ शपथ सम्बन्धी अध्यादेश, २०७८ नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८ सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ पेश गर्ने तयारी गरेकाे छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षीहरुले भने केही राम्रा अध्यादेशकाे विराेध नगरेर सरकारकाे अन्य अध्यादेशकाे विराेध गर्ने बताएका छन् । उनीहरुले सरकारले प्रतिनिधिसभा भंग गरेर अध्यादेशमार्फत सरकारले देश चलाउन खाेजेकाे भनी विराेध पनि गरेका छन् । राष्ट्रिय सभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा कांग्रेसले संसदीय दलको बैठकसमेत राखिएकाे छ ।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै, कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् । एमालेका ३२ सांसदमध्ये २४ सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने ८ सांसद माधव नेपाल पक्षका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend