बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

नेपाली फुटबल टिमको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित 

नेपाली फुटबल टिमको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बिहीबारदेखि हुने भनिएको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सूचना जारी गर्दै बिहीबारदेखि हुने भनिएको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित भएको जनाएको हो ।

अहिलेको परिस्थितीका कारणले प्रशिक्षण स्थगित भएको सूचनामा उल्लेख छ । प्रशिक्षण जुलाई सात तारिख अर्थात आउँदो बुधबार २३ गतेदेखि सुरु हुनेछ । 

दक्षिण एसियाली फुटबल प्रतियोगिता साफका लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । नेपालले अब आसन्न साफ च्याम्पियनसिपको तयारी गर्नेछ । प्रतियोगिता यसै वर्ष बंगलादेशमा हुँदैछ । 

नेपालले केहीसमयअघि विश्वकप छनोटका खेल खेलेको थियो । विश्वकप छनोटमा गरेको प्रर्दशनका आधारमा नेपालले एसिया कपको छनोटमा सिधै खेल्न पाउने भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend