
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबारलाई सारिएको छ । यसअघि बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबारका लागि सारिएको हो ।
तयारी नपुगेको भन्दै सभापति शेरबहादुर देरउवाले पदाधिकारी बैठक शुक्रबारका लागि सारिएको जानकारी दिए । तर समय भने अझै तोकिएको छैन ।
क्रियाशील सदस्यता छानबिनमा देखिएको विवादबारे मापदण्ड बनाउने र समितिले मागेको पेश्कीका विषयमा छलफल गर्न बिहीबारका लागि पदाधिकारी बैठक बोलाइएको थियो ।
कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा एक समिति गठन गरेको थियो । देशभरबाट आठ लाख बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानबिन गर्न सकेको छैन ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend