बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

काेराेना परीक्षण गराउनेकाे संख्यामा कमी, स्वास्थ्य मन्त्रालय भन्छ, ‘जाेखिम कायम छ’

काेराेना परीक्षण गराउनेकाे संख्यामा कमी, स्वास्थ्य मन्त्रालय भन्छ, ‘जाेखिम कायम छ’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउनेको संख्या घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार काेराेनाकाे परीक्षण गराउने घटे पनि जाेखिम भने कायम छ । 

‘कोरोना संक्रमण घट्दो क्रममा रहे पनि संक्रमणको जोखिम घटेको छैन । तर, कोरोना परीक्षण नगराउनेको संख्या बढ्दै गएको पाइएको छ,’ मन्त्रालयले भनेकाे छ । मास्क प्रयोगसहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु र लक्षण देखिएकाको समयमै परीक्षण हुनु कोरोना नियन्त्रणका आधार भएकाे पनि मन्त्रालउले स्पष्छ पारेकाे छ । 

मन्त्रालयले आम नागरिकसमक्ष संक्रमितको सम्पर्कमा आएमा वा लक्षण देखिएमा समयमै परीक्षण गराउन अनुरोध पनि गरेको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढ्न थालेको छ । यसले कोरोनाको जोखिम बढाएको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलाे गराउनमा सरकारले हतार गरेकाे बताइरहेका छन् । 
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend