काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौं नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध भएको छ ।
नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।
सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।