
चितवन : चितवनमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । अरु तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती-१२ को पर्खालमा पहिरोले दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए । उनीहरुमध्ये एक जना पुरुषको शव भेटिएको हाे ।
तर उनको परिचय भने खुल्न नसकेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । हराएका अरु तीन जनाको खोजी भइरहेको उनले बताए ।
यस्तै कालिका नगरपालिका-११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङलाई बाढीले बगाउँदा मृत्यु भएको छ । आफन्त कहाँ जाने क्रममा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend