बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

संसदमा शर्माकाे प्रश्न : तेस्रोपटक संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाउने हो ?

संसदमा शर्माकाे प्रश्न : तेस्रोपटक संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाउने हो ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण मुलुकको राजनीति अप्ठ्यारोमा परेको आरोप लगाएको छ । 

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थालाई प्रधानमन्त्रीय प्रणाली ठानेका कारण अहिलेको संकट आइलागेको दाबी गरेका हुन् ।  

‘दुनियाँमा कहीँ पनि एक जना प्रधानमन्त्रीले दुई–दुईपटक संसद् विघटन गरेको इतिहास कसैलाई थाहा छ कि मैले पाउन सकिनँ, फेरि पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बूकमा नाम लेखिने छ र नेपालको गौरव सबैभन्दा माथि हुनेछ । यस्तो किसिमको स्थिति नआओस् । संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाएर देशको गौरव राख्नुपर्ने जरुरी छैन,’ शर्माले भने । 

शर्माले वामपन्थी आन्दोलन जोगाउनका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा आत्मसमीक्षा गर्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीज्यू आत्मसमीक्षा गर्नुस्, आत्मसमीक्षा गरेमा एमाले जोगिएला, वामपन्थी आन्दोलन जोगिएला । अझै पनि तपाईंको दम्भ र घमण्डले हाम्रो वामपन्थी आन्दोलनलाई समाप्त पार्ने भयो’ शर्माले भने । 

शर्माले प्रधानमन्त्री ओलीमा अहिले पनि घमन्ड देखिएको बताए ।

लोकतन्त्रका लागि नेपालमा धेरै आन्दोलन भए पनि दलहरुमा लोकतान्त्रिक चरित्र नदेखिएको शर्माले बताए । ‘लोकतन्त्रमा पार्टीभित्रको भिन्न मतलाई पनि सम्मान गर्न सक्नुपर्छ । हामीले त्यो गर्न जानिएन’ उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend