बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगियाे : नेता प्याकुरेल

शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगियाे : नेता प्याकुरेल

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्न नहुने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै प्याकुरेलले शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने धारणा राखेका हुन् ।

राजनीतिक समस्या समाधानको थलो न्यायपालिका नहुने उनको भनाइ छ । ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग–अलग जुन शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरालाई न्यायपालिकामा जसरी हामी लगिरहेका छौं र न्यायपालिकालाई हानि गर्न जुन प्रयत्न भइरहेको छ । त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका हुन सक्दैन,’ उनले भने ।

नेता प्याकुरेलले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरीत निर्दलीयताको वकालत गरेको दाबी गरे । ‘आफ्नो जन्मदेखि नै बहुदलीय प्रणालीको लागि प्रतिबद्ध भनिएका कतिपय राजनीतिक शक्तिहरु अहिले जसरी संविधानको मूल मर्म विपरीत निर्दलीयताको वकालत गरिरहनुभएको छ । त्यो दुःखद् छ । त्यसप्रति सबैलाई सचेत र सजग हुन अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

प्याकुरेलले वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘वाम, प्रजातान्त्रिक शक्तिहरुको एकता र सहकार्यमा विभाजन आउनासाथ उपलब्धीहरु गुमेको हाम्रो इतिहास साक्षी छ,’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend