आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

पछि हटे यातायात व्यवसायी सबै गाडी चलाउन २१ गतेसम्म कुर्ने 

पछि हटे यातायात व्यवसायी सबै गाडी चलाउन २१ गतेसम्म कुर्ने 

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायातसम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।

गत असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरी सो निर्णय खारेज नभए स्वतस्फुर्तरुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend