
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्दैछ । असार १६ गते दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि आज बैठक बस्न लागेको हो।
असन्तुष्ट पक्षको समेत माग सम्बोधन गर्ने भन्दै महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय समितिमा रुपान्तरण गरेर बैठक बोलाइए पनि सार्थक हुने देखिएको छैन। एमालेका असन्तुष्ट माधव नेपाल पक्ष बैठकमा सहभागी नहुने भएका छन् ।
नेपाल पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।
ओली पक्षले केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरूलाई समेत समावेश गरिएकाले नेपाल पक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने भन्दै आजको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend