आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दै

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दै

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । आज दुई खेल हुनेछन् । जसमा, पहिलो खेल स्विट्जरल्यान्ड र स्पेन बीच र दोस्रोमा बेल्जियम र इटालीले प्रतिस्पर्धा गर्ने छन् ।

रुसको सेन्ट पिटर्सवर्गमा हुने खेलमा पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे हुनेछ । 

त्यस्तै दोस्रो खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुने खेलमा बेल्जियम र इटाली भिड्ने छन् । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । 

दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend