
तनहुँ । तनहुँमा पहिरोले पुरिएका दुई जनाको उद्धार गरिएको छ ।
शुक्रबार बिहान घरमाथिबाट खसेको पहिरोले पुरिएका सरोज रिमाल र सुनिल रावतको उद्धार गरिएको प्रहरीले जनाएको छ । भानु नगरपालिका-८ गैह्रीफाँट डुम्रे-बेँसी सडकखण्डमा पहिरो खस्दा लमजुङ बेँसीशहर नगरपालिका–१० का २४ वर्षीय रिमाल र ३५ वर्षीय रावत पुरिएका हुन् ।
उनीहरुलाई उपचारको लागि लमजुङ अस्पतालमा पठाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend