आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना पुष्टि

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ  ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । 

कोरोना पुष्टि भएका खेलाडी र अफिसियल होम आईसोलेसनमा बसेका छन् । ठूलो संख्यामा  खेलाडी र अफिसियलमा कोरोना पुष्टि भएपछि एन्फाले बिहीबारदेखि गर्ने भनिएको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित गरेको छ ।

अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend