काठमाडौं । प्रधामन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्ने बैठकमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम सहभागी हुन त्यसतर्फ गएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन गएको उनका छोरा हरिश गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै हरिशले लेखेका छन्, ‘नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड बामदेब गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गर्नु भएको छ ।’