बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

हुम्लामा निषेधाज्ञा हट्यो

हुम्लामा निषेधाज्ञा हट्यो

हुम्ला । हुम्लामा निषेधाज्ञा हटेको छ । वैशाख २२ गतेदेखि जारी निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि हटेको हो । अब स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर नागरिकलाई बाहिर निस्कन दिइने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । 

जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला खुला गर्ने मौन स्वीकृति दिए पनि स्थानीयवासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्नेछ ।

आ-आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्नेलगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ । शुक्रबारदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाईजहाजले यात्रुलाई ओर्सान पाउने भएका छन् । यसअघि हवाईजहाजमा आवतजावत गर्दा जिल्ला प्रशासनको सिफारिश लिनुपर्ने बाध्यता थियो ।

जिल्लामा निषेधाज्ञा खुला भएपनि सङ्क्रमित रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिएपनि आवातजावत बढी हुने सदरमुकाम सिमकोटमा सात जना सक्रिय सङ्क्रमित छन् । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ छ भने एक हजार आठ जनामा परीक्षण गर्दा २५९ सङ्क्रमितमध्ये २२३ कोरोना सङ्क्रमणमुक्त भएर घर गइसकेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend