
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ को बागझोरामा बाढी आएपछि हेटौँडा-भैंसे सडकखण्ड अवरुद्ध भएको हो ।
बाढी आएपछि हेटौँडा जाने र भैंसे हुँदै हेटौँडा आउने गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाएर गाडी चल्ने अवस्था बनाउन तयारी भइरहेको छ ।
त्यस्तै भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ जाने सडक बिहीबारदेखि नै अवरुद्ध छ । भीमफेदी-६ गढीमा ठूलो पहिरो गएको र अझै पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । कान्ति लोकपथअन्तर्गत पर्ने भीफेदी-८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend