आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

आइतबारसम्म भारी वर्षाको संभावना : बाढीपहिरोको जोखिम 

आइतबारसम्म भारी वर्षाको संभावना : बाढीपहिरोको जोखिम 

काठमाडौं । आइतबारसम्म नै भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी  वायु सक्रिय भएको तथा तराई नजिक  मनसुनी न्युनचापिय रेखा रहेकाले आइतबारसम्म नै भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहमा मेघ गर्जनसहित भारी वर्षा हुनेछ भने एक दुइ स्थानमा अति भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना छ । 

शुक्रबार राति प्रदेश १, २, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुँदा एक दुइ स्थानमा अति भारी बर्षाको सम्भावना छ ।  अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी शनिबार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना छ । शनिबार राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ  ।

यस्तै आइतबार दिउँसो प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । आइतबार राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित  भारी वर्षा हुँदा बागमती र गण्डकी प्रदेशका एकदुइ स्थानमा अति भारी बर्षाको संभावना रहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend