
सर्लाही । सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने निर्माणाधीन पक्की पुल भासिएको छ । लालबन्दी-३ र ईश्वरपुर-८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।
सङ्घीय सरकारले १२ करोड लागतमा आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु गरिएको पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ । झण्डै २०० मिटर लम्बाइ रहेको पुलको ४० मिटर भासिएको हो । पप्पु एण्ड शिवशङ्कर (जेभी)ले आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु गरी चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।
पुल निर्माणको ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीेले जनाएको छ । पुल भासिँदा झण्डै दुई करोड घाटा लागेको कम्पनीका ठेकेदार मनोजकुमार साहले बताए । उनका अनुसार पुल निर्माणको सुरुको वर्षमा पनि बाढीले भत्काएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend