आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

वामदेवको प्रस्ताव – ‘एकताको जिम्मा दिनुस्, पार्टी मिलाउँछु’

वामदेवको प्रस्ताव – ‘एकताको जिम्मा दिनुस्, पार्टी मिलाउँछु’

काठमाडाैं । नेकपा एमालेकाे उपाध्यक्ष वामदेव गौतमले आफू एमाले बैठकमा आएको र अब नफर्किने बताएका छन् ।उनले पार्टी एकताको जिम्मा दिएमा दुवै नेतालाई मिलाउने दाबी समेत गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई शुक्रवार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन प्रस्ताव गरेका हुन् । 

‘पार्टी एकताको जिम्मा मलाई दिनुस्, तपाईं र माधव नेपाललाई समेत मान्य हुनेगरी पार्टी एकता गर्छु, पार्टीलाई फेरि पुरानै अवस्थामै फर्काउँछु,’ गौतमले भने, ‘आजको भोलि नै त भन्दिनँ,  केही दिनमा दुवैलाई मिल्नेगरी पार्टी एकता गर्छु ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एक प्रश्नको जवाफमा गौतमले आफू फेरि नफर्किने बताए । ‘म बैठकमा आएको छु, पार्टी एकता जोगाउन लाग्छु, कतै फर्किँदिनँ,’ गौतमले भने । 

कम्तिमा पनि माधव नेपाल पक्षलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउन वामदेवको सुझाव छ ।’प्रचण्डलाई त सकिन्न, कम्तिमा पनि माधव नेपालहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनुस्,’ वामदेवले भने ।

उनले पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए । उनले केन्द्रीय कमिटी ब्युँताउने निर्णय सही भएकाले आफू बैठकमा सहभागी भएको बताए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend