
खोटाङ । खोटाङमा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मानिस बस्न छाडेको घर भत्कँदा हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका १४ वर्षीय राजकुमार रम्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार मान्छे नबस्ने मुण्डी घरमा मोबाइल चलाएर बसिरहेका बेला घर भत्किँदा उनको घटनास्थलमै मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । चारैतिर टेको लगाइएको घर लगातारको वर्षापछि भत्किएको हो ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । उनीसँगै बसिरहेका दुई बालक भने घाइते भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend