आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

२४ घण्टामा २२ सय संक्रमित थपिए, ३४ सय संक्रमण मुक्त

२४ घण्टामा २२ सय संक्रमित थपिए, ३४ सय संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १० हजार ५९६ जनाको परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पीसीआर गर्दा एक हजार ३ सय ९१ मा र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जना गरी २ हजार २९९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ । जसमध्ये ६ लाख ३ हजार ६ सय जना संक्रमण मुक्त भएका छन् । शुक्रबार ३ हजार ४५१ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको हो । यो कुल संक्रमितको ९४ प्रतिशत हो । 

यस्तै २४ घण्टामा ३४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १७९ पुगेको छ । यो कुल संक्रमितको १ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।   

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend