आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडाैं । जर्मनीका मिडफिल्डर टाेनी क्रुजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । शुक्रबार उनले सन्यास लिएकाे बताएका हुन् । 

३१ वर्षीय क्रुजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरी अब क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुजले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् ।

युरोपमा जारी १६ औं संस्करणको युरोकपमा उनले ४ खेल खेलेका थिए । यस संस्करणको युरोमा जर्मनी प्रि-क्वाटरफाइनलमा इंग्ल्यान्डसँग २-० ले पराजित भएको थियो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend