
काठमाडाैं । लगन र शुभ साइत छोप्ने गरी बेहुली लिन हिँडेका केही दुलाहा शुक्रबार मुग्लिन–नारायणगढ सडक खण्डमा अलपत्र परेका छन् । यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डमा मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधनहरुको लामो लाइन छ । पहिराेका कारण आज दिनभरजसाे मुग्लिन–नारायणगढ सडक अवरुद्ध बन्याे । अहिले पनि पहिराे खुलिसकेकाे छैन । खुलाउने प्रयास भइरहेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
सबैले पहिरोका कारण ढिलो भएको आफ्ना हुनेवाला ससुरालीलाई जानकारी गराइसकेका छन् । सडक नखुलेपछि उनीहरूले पहिरो नजिकै फोटो खिचाएरै चित्त बुझाएको र सामाजिक सन्जालमा पोस्ट गरी दुलहीका परिवारमा प्रमाण पेश गरेको जन्तीहरूले बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend