आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

इटाली युरोकपको सेमिफाइनलमा

इटाली युरोकपको सेमिफाइनलमा

इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ले हराउँदै इटाली अन्तिम चारमा पुगेको हो । 

इटालीकाे जितमा निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक-एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ४४ औं मिनेटमा लोरेन्जोले गोल गरेपछि २-० ले अघि भएको इटालीले त्यसपछि गोल गर्न सकेन । 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेल्जियमका लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ बनाए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा कुनै पनि टिमबाट गोल भएन । जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।

इटालीले अघिल्लो खेलमा  ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  

अब इटालीले सेमिफाइनलमा स्पेनसँग खेल्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend