आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

शनिबार केही स्थानमा भारी वर्षा हुने : तीन दिनको मौसम कस्तो ?

शनिबार केही स्थानमा भारी वर्षा हुने : तीन दिनको मौसम कस्तो ?

काठमाडौं । शनिबार देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी  वायु सक्रिय भएको तथा तराई भू-भाग नजिक  रहेको मनसुनी न्युनचापीय रेखाको प्रभावले शनिबार प्रदेश १, २, बाग्मती  र गण्डकी प्रदेशका थोरै स्थानहमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसमविद्का अनुसार प्रदेश २  र  बाग्मती  प्रदेशका  एक दुइ स्थानमा  भने अति भारी वर्षाको सम्भावना छ  । अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको संभावना छ । यस्तै शनिबार राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका  थोरै स्थानमा मेघगर्जनसहित  भारी वर्षाको सम्भावना छ  । प्रदेश १, २, र गण्डकी  प्रदेशका  एकदुइ स्थानमा अति भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । 

यस्तै आइतबार दिउँसो प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षा हुँदा अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ । आइतबार राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित  भारी वर्षा हुँदा बाग्मती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको संभावना छ । अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी सोमबार दिउँसो प्रदेश १, २ र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षा हुँदा अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ  । अरु प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । 

लगातार पानी पर्दा पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलामा बाढी आउन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले हिँडडुल गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend