
काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुंगासहितको पहिरो हटाउन समस्या भएको छ । सडकखण्डको २० किलो भन्ने ठाँउमा ठूलो ढुंगासहितको पहिरो खसेपछि हटाउन समस्या भएको हो ।
अहिले पनि पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको नारायणगढ मुग्लिन सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
ठूलो ढुंगासहितको पहिरो हटाउन कम्तिमा पनि ६ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यसअघि यो सडकखण्डमा वर्षायाममा लगातार पानी परेर पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको थियो । यसपाली नयाँ ठाउँमा पहिरो खसेपछि समस्या भएको खनालको भनाइ छ ।
तस्बिर सौजन्य : शिव खनाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend