आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च : कोसी व्यारेजका २८ ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च : कोसी व्यारेजका २८ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ।

शनिबार सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ।

पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको उनले जानकारी दिए । पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २८ वटा मात्र ढोका खोलेको छ। 

भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएपछि कोसी आसपास डुबानको जोखिम बढेको छ । 

डुबानको जोखिम बढेसँगै कोसी आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend