
काठमाडौं । काठमाडौँको थलीमा टिपर दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ ।
शनिबार बिहान बा ५ ख २५११ नम्बरको बालुवा बोकेको टिपर गोकर्ण रिसोर्ट नजिकै थलीको ओरालोमा अस्थायी टहरामा पल्टिँदा सुतिरहेका दम्पत्तिको मृत्यु भएको हो ।
दुर्घटनामा नुवाकोटका साइला तामाङ र जयन्तीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
दुवै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। अहिले टहरोमा पल्टिएको टिपर निकाल्ने प्रयास भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend