
रौतहट । रौतहटमा बाग्मती नदीमा जलसतहले खतरा तह पार गरेकाको छ ।
कर्मैया (पधेरादोभान)मा बाग्मती नदीमा जल सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी आएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै अहिले ईलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा र थप बर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने तथा होचा स्थानमा डुबान हुन सक्ने भएकाले रातिसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी तनहुँको बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्नेछ ।
बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रमा राति भारी वर्षा भएकोले साना खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले दोर्दी, न्यादी, चेपे लगायतका खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना, तटीय क्षेत्र तथा पहिरो जानसक्ने भिरालो जमिन आसपास सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यता मौसम पूर्वानुमान महाशाखाले भने शनिबार देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको संभावना रहेको भन्दै सचेत हुन आग्रह गरेको छ । मनसुनी वायु सक्रिय भएको तथा तराई भू-भाग नजिक रहेको मनसुनी न्युनचापीय रेखाको प्रभावले शनिबार प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
मौसमविद्का अनुसार प्रदेश २ र बाग्मती प्रदेशका एक दुइ स्थानमा भने अति भारी वर्षाको सम्भावना छ । अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको संभावना छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend