
काठमाडौं । मनसुन सुरु भएयता १९ दिनमा बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् भने ३९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पामा ३, रौतह, तनहुँ, चितवन र प्यूठानमा २-२, बाजुरा, गोरखा, पाल्पा, जुम्ला, अर्घखाँचीमा, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, दाङ, सिन्धुली र खोटाङमा १-१ जना गरी ३४ जनाको मृत्यु भएको हो ।
विभिन्न जिल्लामा बाढी पहिरोमा परेर ३१ जना हराएका छन् भने ३९ जना घाइते भएका छन् ।
यो वर्ष जेठ २८ गते भित्रिएको मनसुन सक्रिय भएकाले लगातार वर्षा हुँदा बाढी, पहिरोको जोखिम बढेको छ । यो वर्ष मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदले गरेका छन् ।
यसपाली मनसुनी अवधिमा १८ लाख जनसंख्या बाढीपहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै आकलन गरिसकेको छ । जसमा बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend