काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।
भदौमा निर्धारित १४औँ महाशिवेशन केन्द्रित भनिएको छलफलमा उपसभापति विमलेन्द्र निधि, नेताहरु विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागि भएका छन्।
क्रियाशील सदस्यता र महाधिवेशनका बारेमा छलफल भइरहेको स्रोतले बताएकाे छ । दउवाको पक्षमा रहेका निधिले पनि आउने महाधिवेशनका लागि समापतिमा उम्मेदवारी दिने बताइरहेका छन् ।
सभापतिमा दाबी गरिरहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निधिले बेलाबेलामा छलफल गरिरहेका छन् ।