काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्दैछ ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । शनिबारकाे बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने बताइएको छ ।
चुनावको मिति घोषणा भैसकेको कारण आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति हेरफेरको तयारी भएको हो ।
यसअघि शुक्रबार पनि बैठक बसेको थियो । उक्त बैठकमा माधव नेपाल पक्षलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिनु पर्ने र फिर्ता नलिए एकताको आधार नबन्ने चेतावनी दिइएको थियो ।