
गोरखा । गोरखामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान आरुघाट गाउँपालिका-३ सोतीमा फुङ्गी खोला तर्ने क्रममा खोलाले बगाउँदा आरुघाट गाउँपालिका-१ का २६ वर्षिय किरण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएपछि अचेत अवस्थामा भेटिएका उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend